हिमाली जिल्लाका सांसदहरुको माग यस्तो छ (माग सहित)

सोलुखुम्बु, जेठ २५


सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’सहित १६ जिल्लाका सांसदहरुले हिमाली जिल्लामा योजना कार्यान्वयनको अवधि थप्नका लागि सरकारका अर्थमन्त्री डा. यूवराज खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मौसम र भूगोलका कारण असारसम्ममा योजना कार्यान्वयन गर्न मुस्किल पर्ने भएकाले हिमाली जिल्लाका लागि कात्तिकसम्म बार्षिक योजना कार्यान्वयनको अवधि नितिगत रुपमै थप गर्न माग राखेका छन् । पत्रमा बार्षिक बजेट जिल्ला पुग्न असोज लाग्ने र कात्तिक महिना देखि चिसो शुरु भएर हिमपात हुने भएकाले योजना कार्यान्वयनको वातावरण प्रतिकुल बन्ने गरेको यर्थाथ उल्लेख गरिएको छ ।

हिमाल सम्बृद्ध कार्यक्रम माग
१८ जिल्लाका प्रतिनिधि सभा सदस्यहरुले हिमाल सम्बृद्ध कार्यक्रमको लागि बजेट व्यवस्थापनका लागि माग राखेका छन् । अर्थमन्त्री डा. यूवराज खतिवडालाई भेटेर पत्र बुझाउदै विकासमा हिमाली भेग विभेदमा परेको भन्दै तराइ–मधेश सम्बृद्धि कार्यक्रम जस्तै गरि हिमाली क्षेत्रको विकासका लागि विशेष बजेटको व्यवस्था मिलाउन माग राखिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!