हिमाली आयोजनाको सिक्वल आउने, थप १२ जिल्लामा विस्तार गर्ने तयारी

himaliशिखर गजरकोटे, फागुन २३ गते ।
हिमाली आयोजनाको सिक्वल आउने भएको छ । सन् २०११ देखि २०१७ सम्म मूलुकको १० हिमाली जिल्लामा कृषि तथा पशुपालनको व्यवसायीकता संगै आम्दानी र रोजगारीमा बृद्धि गर्ने उद्देश्यले शुरु गरिएको आयोजनाको दोस्रो फेजपनि संचालन गर्न दाता एडिवि सहमत भएको आयोजनाका नेश्नल टिम लिडर दलराम प्रधानले जानकारी गराएका हुन् ।

सोलुखुम्बुमा आयोजित पृष्ठपोषण कार्यक्रममा आयोजनाको राष्ट्रिय प्रगती र लगानी अवस्थाबारे जानकारी गराउदै टिम लिडर प्रधानले वर्तमानमा लगानी गरिरहेको जिल्ला संगै थप १२ जिल्ला विस्तार गर्ने सम्झौता भएको जानकारी गराएका हुन् । कस्तो प्रकृतिको अनुदान कार्यक्रम संचालन गर्ने भन्ने बारेमा भने निक्यौल नभईसकेको उनको भनाई छ ।

आयोजनावाट अनुदान पाएर उप–आयोजना संचालन गरिरहेका उद्यमीहरुसमेत जिल्लाका सरोकारवालाहरु उपस्थित कार्यक्रममा जिल्ला स्थित समन्वयकर्ता तथा वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले जिल्लागत अवस्थाको बारेमा जानकारी गराएका थिए । ४९ वटा उप–आयोजनामा ३ करोड ३३ लाख अनुदान भुक्तानी गरिसकिएको र एक करोड १० लाख भुक्तानी बाँकी रहेको अधिकृत भण्डारीले जानकारी गराए । २२४ वटा प्रस्तावना मध्ये एक वटा अस्विकृत भएको छ भने १२४ वटा मुल्यांकन हुन बाँकी रहेको छ ।

Project Area

संचालनमा आएको उप–आयोजना मध्ये चिराईतो खेतीमा ११ वटा व्यवसाय संचालनमा आएको छ भने किवी, वाख्रापालन, मसलावाली, तरकारी खेती, अलैची, गाईपालन, हातेकागज, चौरीपालन, बंगुरपालन, याकचिज, रेम्बो ट्राउट र सतुवा खेतीको उप–आयोजनामा हिमालीको अनुदान लगानी रहेको छ ।

संचालित उप–आयोजनाले हालसम्म एक करोड ३२ लाख भन्दा बढिको नाफा आर्जन गरिसकेको र ८८ जनाले पुर्ण रोजगारी पाएको हिमालीको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, हिमालीकै अनुदानमा व्यवसायीक रुपमा संचालन रहेको फुङबुचे नेपाली कागज उद्योग २८ औ राष्ट्रिय औधोगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा कागज विधा तर्फ प्रथम हुन सफल, बेनी रेन्बो ट्राउट तथा दाना उत्पादन केन्द्रलाई स्रोतकेन्द्रको रुपमा विकास गर्न सफल र पिटिएल गाई फार्मलाई जिल्लामा गाईको स्रोतकेन्द्रको रुपमा स्थापना गर्न सफल हुनुलाई मुख्य उपलब्धिको रुपमा समाबेश गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु