हिमालको संरक्षण सबैको कर्तव्य – रक्षामन्त्री पोखरेल

सोलुखुम्बु, जेठ १४
सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हिमालको संरक्षण सबैको कतव्र्य भएको बताएका छन् । खुम्बुपासाङल्हमू गाउँपालिका ३ नाम्चेबजारमा आयोजित सगरमाथा हिमाल सरसफाई अभियान – २०७६ मा सहभागी बनेका रक्षामन्त्री पोखरेलले सगरमाथा राष्ट्रको गौरब भएकाले सफा राख्नका लागि शुरु भएको अभियानले अन्तराष्ट्रिय जगतमा सामाजिक चेतना प्रवाह गरेको बताए ।

रक्षामन्त्री पोखरेलले आफ्नो मन्तव्यको केहि मिनेट नेपाली सेनाको प्रशंसामा खर्च गर्नुभयो । ‘राज्यका हरेक अप्ठ्यारामा नेपाली सेनाले खेलेको भूमिका प्रशंसा गरेर सकिदैन् ।’ उनले भने, ‘सगरमाथा सरसफाईमा सेनाले गरेको योगदान पनि सम्झन लायक छन् ।’ उनले हिमाल सरसफाईमा केन्द्रिय सरकारले पनि अपनत्व लिने बताए ।

‘खुम्बु क्षेत्रमा सडक पु¥याउने सन्दर्भमा स्थानीय तह र प्रदेश सरकारले नसक्ने अवस्था आए कारण सहित केन्द्रिय सरकारलाई जिम्मा दिनुस्, उच्च प्राथमिकताका साथ आगामी बर्षको योजनामा समेट्छौ ।’ उनले भने, ‘खुम्बुमा सडक पु¥याउन २ बर्ष लगानु हुदैन् । आगामी आर्थिक बर्ष भित्र नै सडक सञ्चालले जोड्ने गरि बजेट विनियोजन आवश्यक भएको उनले बताए ।

सन् २०२० को पर्यटन बर्षलाई सफल पार्नका लागि सरोकारवाला एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले पत्रकारहरुलाई सकारात्मक सन्देश प्रवाहमा ध्यान दिन र पर्यटन विकासमा टेवा पु¥याउन आग्रह गरे ।

मन्त्री पोखरेलले स्थानीय तहले कार्यसम्पादनको शैली परिर्वतन गर्नुपर्नेमा जोड दिए । परम्परागत शैलीमा विकासका योजना संचालन गरिए सम्बृद्धि प्राप्तीमा ढिलाई हुनेमा उनको जोड थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु