हिमालकर्मी सहित सोलुका दुई पत्रकार पुरस्कृत

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर २९

सोलुखुम्बुका दुई पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बुको तेस्रो साधारण सभाको अबसरमा ‘सोलुखुम्बु पत्रकारिता पुरस्कार’–२०७५ वाट जिल्लामा क्रियाशील पत्रकारद्धय नुतन श्रेष्ठ र विना राई पुरस्कृत भएका हुन् । श्रेष्ठ २०६१ सालदेखि र राई २०६४ साल देखि विभिन्न सञ्चारमाध्यममा पत्रकारितामा क्रियाशिल छन् । हाल श्रेष्ठ सोलु एफ.एम.मा र राई हिमाल एफ.एम.मा कार्यरत छन् । उनीहरुलार्ई जनही नगद ५ हजार ५५५ रुपैयाको साथमा ट्रफी र सम्मानपत्र सहित पुरस्कृत गरिएको छ ।

पुरस्कृत भएपछि प्रसन्न मुद्रामा पत्रकारद्धय श्रेष्ठ र राई

साधारण सभाकै अबसरमा दुईजना जनप्रतिनिध उत्रमान राई र डाडोमा शेर्पालाई पनि सम्मान गरिएको छ । राई सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको वडासदस्य र शेर्पा सोलुदुधकुण्ड नगरपालिका ६ मा वडा सदस्यमा निर्वाचित भई हाल जिल्ला समन्वय समितिको सदस्य रका छन् । उनीहरु जिल्लाका पुर्वपत्रकार हुन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीलाई पनि सम्मान गरिएको छ । उनी पनि पुर्वपत्रकार हुन् ।

हिमालकर्मी विना राई पुरस्कार ग्रहणपछि तस्विर खिचाउदै

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले जिल्लामा पत्रकारिताको विकास भइरहेकाले पुरस्कार तथा सम्मानले अझ अनुशासित र मयौदित पत्रकारिता गर्न उत्प्रेरणा मिल्ने भन्दै पत्रकारिताको व्यवसायिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले समाजको विकासमा पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै सत्य तथ्य समाचारमा ध्यान दिन आग्रह गरे । दुर्गममा पत्रकारिता गर्ने पत्रकारलाई उत्साह थप्दै व्यवसायिक बनाउनका लागि पुरस्कार स्थापना गरेको नेपा पत्रकार महासंघ सोलुका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए ।

सम्मान ग्रहण गर्दै पुर्वपत्रकार / हालका जनप्रतिनिधि उत्रमान राई

पुरस्कृत हुने पत्रकारले आफूले पाएको पुरस्कारले अझ जिम्मेवार र कर्तव्यनिष्ठ बन्न प्ररणा मिलेको प्रतिक्रिया दिएका छन् । महासंघले सहयोग गर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरेको छ । पुरस्कृत पत्रकार नुतन श्रेष्ठले आफूले पाएको पुरस्कार रकममा एक हजार थप गरि महासंघको श्रीबृद्धिको लागि सहयोग गरेका छन् भने सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका वडा सदस्य उत्रमान राईले अर्को बर्षको पत्रकारिता पुरस्कार रकम आफूले प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकारिता पुरस्कार जिल्लाको लागि पहिलो हो ।

सम्मान ग्रहण गर्दै पुर्वपत्रकार /हालकी जिल्ला समन्वय समितिकी सदस्य डाडोमा शेर्पा
सम्मान ग्रहण पछि सामुहीक तस्विर खिचाउदै पत्रकार र जनप्रतिनिधि

Comments

comments

सम्बन्धित शीर्षकहरु