हिमालकर्मी गजरकोटेको प्रगतिशिल गीत ‘कोही बोल्दैनन् सिमा मिच्दा’ (भिडियो सहित)

सोलुखुम्बु, जेठ १ नेपाल–भारत सिमा विवाद उत्कर्षमा पुगिरहेको समयमा गीतकार शिखर गजरकोटेको प्रगतीशिल गीत ‘कोही बोल्दैनन् सिमा मिच्दा’ बजारमा सार्वजनिक गरिएको छ । गजरकोटेको शब्द र भाकामा तयार भएको गीतमा लोकप्रिय गायक बद्रि पंगेनीले स्वर दिएका छन् ।


अझैनी,गणतन्त्र आको छैन् है, शहिदको सपना, मुस्ताङमा स्याउ कुहियो, लाउ चेली सिन्दुर लाउँ, खै त नेताज्यू जस्ता जनप्रिय गीत गाएका पंगेनीले यो पटक गजरकोटेको सृजनामा देशको लागि गीत गाएका छन् ।

गीतमा सिमा मिचिदा पनि बोले जस्तो गर्ने नेपाली नेतागत प्रवृत्ति, व्यवस्था परिर्वतन भएपनि जनताको अवस्थामा सुधार नआएको कुरा र जनचाहना बमोजिम काम नभएको कुरा उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।


सागर विरहीको संगीत संयोजन रहेको प्रगतीशील गीतको भिडियोमा बद्रि पंगेनी, धर्मराज पोखरेल, दिपेश पोखरेल लगायतले अभिनय गरेका छन् । खेम थापा मगरले छायांकन गरेको भिडियोको सम्पादन तथा निर्देशन विनोद बमले गरेका छन् ।

गजरकोटे हिमाल एफ एमका स्टेशन म्यानेजर हुन् भने उनले पानी मिठो यारी खोलाको, बार लाउ है मायाले, तनहूँ गजरकोट, यत्ति कुरा, तरुनी, घर ज्वाँइ, पुर्वेली कान्छी लगायतका दर्जनौ पुर्वेली पश्चिमेली गीत सृजना गरिसकेका छन् ।

गीतको पुरा भाग :

ध्यान दिएर सुन नेता ज्यू, जनताले के भनेका छन्
त्यहि काम छिटो गर नेता ज्यू, जनताले जे भनेका छन्

कोही बोल्दैनन् सिमा मिच्दा
कस्तो हुन्छ घाँटी थिच्दा
नगरिदेऊ बोलेजस्तो
बोल्दा मुटु पोलेजस्तो
ध्यान दिएर सुन नेता ज्यू ….

फेरिएको छ व्यवस्था
जनताको उहि अवस्था
हुनेखाने चुस्दै गए
हुदाखानी उस्तै रहे
ध्यान दिएर सुन नेता ज्यू ….

जनताले चाहेको के
जनताले पाएको के
सुख, शान्ति, विकास चाहे
बन्द, हड्ताल, द्घन्द्घ पाए
ध्यान दिएर सुन नेता ज्यू ….

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!