हिमालकर्मी खत्रीलाई वाणिज्य पत्रकारिता पुरस्कार

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन १२

हिमाल एफएमका खोटाङ सहकर्मी दिलीप खत्री उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पत्रकारिताको माध्यमबाट जिल्लाको व्यापार–व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै खोटाङ उद्योग वाणिज्य संघले खत्रीलाई उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

वाणिज्य संघले आफ्नो दशौं साधारण सभा एबं छैठौं अधिवेसनको अवशरमा शनिवार सहकर्मी खत्रीलाई उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा नगद ५ हजार १ रुपैयाँ राशीको पुरस्कार नेपाल उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधानले पत्रकार खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

जिल्लाको आर्थिक लगायतका वृहत्तर विकासका लागि कमल चलाउने एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको उद्योग वाणिज्य संघले यसपल्ट पत्रकार खत्रीलाई पुरस्कृत गरेको हो । खत्री नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि हुनुहुन्छ ।

वाणिज्य संघले एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यालयलाई पनि सम्मान गरेको छ । शैक्षिक सत्र २०७४÷०७५ मा जिल्लाका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेकामा पञ्च मावि दिक्तेललाई १० हजार १ रुपैयाँ राशीसहित सम्मान गरिएको हो । नगद सहितको सम्मान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक आचार्यलाई प्रदान गरिएको छ ।

जिल्लामा सञ्चालित उद्योगमध्ये दिक्तेलको हाटडाँडास्थित देविथान कपास उद्योगलाई पाँच हजार एक राशीको उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु