हिमालकर्मीको ‘विचार गर साँईली’

सोलुखुम्बु

लवाईखवाई हेर्दाखेरि लागेनकी धनि
मागी हेर दिन सक्छु पैसा गनिगनि

विचार गर साँईली
बाँचे खानी भातै हो
मरे लानी घाटै हो

माथीका शब्दलहर सोलुखुम्बुका नागरिककर्मी शिखर जंग श्रेष्ठको सृजना हो । पत्रकारितासंगै गीत लेखनलाई संगै अघि बढाउदै आएका उनले दर्जनौ लोक तथा दोहोरी गीतमा कलम चलाईसकेका छन् । उनी संगीतमा शिखर गजरकोटेले परिचित छन् ।

उनको लेखन तथा प्रियजन राईको भाकामा तयार भएको पुर्वेली गीत ‘विचार गर साँईली’मा गायिका ईन्द्रकला राईलाई गायक प्रियजन राईले स्वरमा साथ दिएका छन् । पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.को यूटुव च्यानलबाट डिजिटल बजारमा पठाईएको गीतको संगीतसंयोजन सन्तोष प्रगाढले गरेका हुन् ।

प्रियजन राईको निर्देशनमा तयार भएको भिडियोमा हाँस्यकलाकार गणेश ईसारा लगायतले अभिनय गरेका छन् । नरेश ऐरले क्यामरा चलाएको भिडियो तुलसी बास्कोटाको सम्पादनमा तयार भएको हो ।

गीतकार गजरकोटेको सृजनामा पुर्वेली गीत ‘पानी मिठो यारी खोलाको’, ‘पुर्वेली कान्छी’, ‘चुल्ठो बाटीहाल’, ‘माया गाढा भो’, ‘बार लाउ है मायाले’ स्रोता दर्शकले मन पराएका गीत हुन् भने ‘तनहूँ गजरकोट’, ‘छाता थेन’, ‘हावापानीले’ लगायतका गीत पनि उनकै सृजनामा बजारमा छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु