हिमालकर्मीको लेखनमा दोहोरी गीत, ‘चरीभए देखि’ (भिडियो सहित)

सोलुखुम्बु ।

हिमालकर्मी शिखर गजरकोटेको सृजनामा दोहोरी गीत ‘चरीभए देखि’ बजारमा आएको छ ।

हिमाल एफ.एम.का कार्यक्रम संयोजक गजरकोटेको शब्द र भाकामा तयार भएको गीतमा विकास परियार र प्रिया सेन्चुरीको स्वर रहेको छ ।

गीतमा प्रेमिल जोडीको शुरुवाती छटपटीलाई समाबेश गरिएको छ । परिवार र निगरानीमा पिरति झाँगिन नपाएपछि चरीको कल्पना गरिएको छ । स्वतन्त्र चरी भए स्वतन्त्र रुपमा पिरति गाँस्ने चाहनालाई व्यक्त गरिएको छ ।

भिडियोलाई अनिता बस्नेतले निर्देशन गरेका छन् । महिमा म्यूजिक प्रा.लि. मार्फत डिजिटल बजारमा आएको गीतमा आयूष खाति र सरस्वति फुँयालले अभिनय गरेका छन् ।

गजरकोटेका दर्जनौ लोक सृजना बजारमा छन् ।

पानी मिठो यारी खोलाको, नाम पछाडी थर, माया टाढा भो, पिरतिको साईनो, छाता थेन, तनहूँ गजरकोट, डाँडै फुल्यो पैँयू, चुल्ठो, पुर्वेली कान्छी, बार लाउ है मायाले, हावापानीले, बाँसको चोयाले लगायतका दर्जनौ गीतलाई दर्शक स्रोताले मन पराएका छन् ।

 

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!