हिउँले अबरुद्ध सल्लेरी–ओखलढुंगा सडक खुल्यो

सोलुखुम्बु, मंसिर २८

शुक्रबार देखि परेको हिउँ जमेपछि अबरुद्ध सल्लेरी–ओखलढुंगा सडक खुलेको छ । डेढ फिट बाक्लो हिउँ जमेपछि सडक अबरुद्ध बनेको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको पहलमा निर्माणाधिन जलविद्युत आयोजनाको स्काभेटरले सडकको हिउँ पन्छाएपछि सवारी संचालनमा ल्याईएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए ।

अहिले सल्लेरीबाट काठमाण्डौ र तराईका विभिन्न स्थानका लागि छुटेका र सोलुखुम्बुका लागि छुटेका सवारी साधन आवतजावत भईरहेको छ । उद्यपी, हिउँको कारणले दुर्घटनाको जोखिम बढेकाले सावधानि अपनाउन आग्रह गरिएको छ ।

हिउँ खेल्नेको संख्या बाक्लिदै

विस्तारै मौसम खुल्न थालेपछि पत्तालेमा हिउँ खेल्नेहरुको संख्या बाक्लिन थालेको छ । सोलुखुम्बु र ओखलढुंगा दुवै भागबाट हिउँखेल्नका लागि पत्ताले र ठाडेमा समूह–समूहमा हिउँ खेल्न पुगेका छन् ।

शुक्रबार दिउँसो देखि जिल्लाको खुम्बु क्षेत्र र पिकेडाँडा, पत्तालेडाँडा, सिलगुडीडाँडा, लामजुरा पास लगायतका क्षेत्रका बाक्लो हिउँ परे संगै चिसो ह्रवात्तै बढेको छ ।

दुई दिनको बाक्लो हुस्सु र तुसारोपछि शुक्रबार देखि हिउँ पर्न थालेको लुक्लाबाट तोया श्रेष्ठले जानकारी दिए । नाम्चेमा दुई फिट बाक्लो हिउँ परेको जसराज राईले बताए । उनले भने, ‘अहिले पनि हल्का हिउँ परिरहेको छ । नाम्चे कुहिरोले ढाकेको छ ।’ हिउँसंगै हल्का बर्षा र हुस्सु लागेकाले हिमाली जीवन प्रभावित बनेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!