हावा नचली पात कहाँ हल्लिन्छ ?

13782176_1104219056319897_9206498952807005444_nपात हल्लिन कि रुखै हल्लाउन प¥यो नत्र हावा नचली पात कसरी र कहाँ हल्लिन्छ ? सामान्य मानिसले पनि बुझ्ने कुरा हुन् । तर हाम्रा समाजमा आफूले गरेका नराम्रा कामको आलोचना हुदा उल्टै छाति पिटिन्छ ।

नेपाल र नेपालीको पहिचानको रुपमा रहेको लोक कला संस्कृतिलाई जोगाउनका लागी लागी परेका भनिएका कलाकारमा राजनितिको भूत धेरैनै चढेको पाईन्छ । बाहिर मुखले जे बोलेपनि व्यवहार देख्दा केहि लगाएको आरोप सहि सावित हुने देखिन्छ । कलाकारितामा राजनिति धुसेपछिको परिणाम के आँकलन गर्न सकिन्छ ।

म रंग पत्रकार भएकाले दैनिक आधादर्जन लोक कलाकार संग कुरा हुदा उनीहरुको गुनासो प्रशस्तै सुन्छु । देश तथा विदेशमा हुने मेला महोत्सबमा तय भएको ककलाकारको नाम काटिने, आफ्ना पक्षकालाई प्राथमिकता दिने, क्षमताको कदर नहुने जस्ता समस्या देखिएको छ ।
तय भएको नामलाई काटेर आफ्नो नाम थप्न झुटा कुरा गर्नेहरुको संख्या पनि बाक्लिदो सुनिएको छ । सामान्य कुराकानीमा धेरै सुनिएपनि जानकी तारमी मगरको फेसबुक स्टाटसले सत्य बोलेको छ ।

janaki

त्यस्तै, व्यापारको लागी गरिने मेला–महोत्सवमा मूलुकका हजारौ कलाकारलाई अबसर दिन त संभव छैन् तर त्यसभेगकै ख्याति कमाएका कलाकारलाई समेत वास्ता नगर्ने परिपाटीले राजनिति झल्काउछ की झल्काउन्न ? तपाई आँफै भन्नुस् । हुन सक्लान् कतिले रिषिबी पालेर र कतिले आफूले स्टेज नपाएरको झोकमा बोल्छन् । तर राम्रा मानिएका अधिकांश कलाकारले पनि कलाकार छनौटमा तेरोमेरोको भित्री लडाई हुने गरेको स्विकार्छन् । कति विवादमा आउने डरले बोल्न लेख्न डराउछन् त कति अनौपचारिक रुपमा बोल्छन्, तर केहि औपचारिक रुपमा बोल्न थालिसकेका छन् ।

केहि दिन अघि मात्र महोत्सबमा आयोजकले नबोलाएपछि आफ्नो समुदायको प्रिय कलाकारलाई पसलले प्रायोजन गरिएको घटना ताजा छ । यस्ले पनि प्राय भेग, जात र राजनितिक आस्थालाई केन्द्रमा राखेर कलाकार छनौट गरिन्छ भन्दा कसैको केहि भन्नु नरहला ।

krishna

कलाकारको ठेक्का लिने ठेकेदारको चर्चा पनि संगीत बजारमा भईरहेका छन् । आयोजक संग र कलाकार संगको पारिश्रमिक दर फरक पारेर विचौलियाहरु मोटाउने घटना पनि गर्भमा छ, एक दिन पक्कै वाहिर आउनेछ ।

आरोपितका अनुसार लोकदोहोरी प्रतिष्ठानकै जिम्मेवार पदमा बस्नेमा बस्ने कलाकारले पनि भित्रि राजनिति गरिरहेका छन् । कलाकारहरु पाटीगत संघसंस्थामा आबद्ध हुदै जानु र मेला– महोत्सबमा राजनितिक आस्था, जात र भेगलाई आत्मसाथ गर्दै गए, लोक क्षेत्रको भविष्य कस्तो होला ?

Comments

comments

सम्बन्धित शीर्षकहरु