हावाहुरीका कारण प्रभवित बनेको सगरमाथा सरसफाईको काम सुचारु

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, बैसाख २९
हावाहुरीका कारण प्रभवित बनेको सगरमाथा सरसफाईको काम सुचारु भएको छ । केहीदिन अघि आएको फानीका कारण नेपालमा चलेको हावाहुरीले प्रभावित भएको सरसफाईको काम सुचारु भएको हो । सगरमाथाको क्याम्प ३ मा पुगेको पुगेको टोली हावाहुरीका कारण आधार शिविर झरेको थियो ।

सरसफाई टोली अहिले सगरमाथाको दोस्रो क्यम्प पुगेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

वैशाख १ गतेबाट सुरू गरिएको सफाई अभियानमा नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको कसंयुक्त टोली रहेको छ ।

अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको हो ।

सरसफाई टोलिले सफाई अभियानमा जुटेको क्रममा ४ वटा शव भेटिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु