हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

हिमाल एफ.एम.
सोलुखुम्बु, असार १

८६ मेगावाटको निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको डोजरमा आगोलागी भएको छ । गएराति सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको भदौरेमा निर्माणाधिन हाईड्रो कामका लागि प्रयोग हुदै आएको डोजर अज्ञात समूहले आगजानी गरेको हो । यद्यपी, क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।
आगजनी गरिएको डोजर नजिकै शंकास्पद प्रेसरकुकुर भेटिएकाले बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली गएको छ भने डोजर र प्रेसरकुकुर भेटिएको स्थानमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घेरामा राखेको हाईड्रो स्रोतले बताएको छ ।
घटनामा विप्लब माओबादीको संलग्नता भएको आंशका गरिएको छ तर पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले जिल्लास्तरिय सुरक्षा समितिको वैठक बसिरहेको छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु