हाईअल्टीच्युडले खुम्बुमा विदेशिको मृत्यु

राधा ढुंगाना सोलुखुम्बु, २६ असोज । हाईअल्टीच्युडका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक जनाको ज्यान गएको छ । पर्यटकीय क्षेत्र खुम्बु– पासाङल्हमु गाउँपालीका वडा नम्बर ४ स्थित डोलेमा ब्रिटिस नागरीकको मृत्यु भएको हो ।

बेलायती नागरीक वर्ष ६३ का टेरेन्सी जोन गोस्टीलिङको बिहिबार बिहान कोठामा सुतीरहेको अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । पासपोर्ट नम्बर ७६–१२–००–२४–३ भएका गोसटीलिङको डोले रिसोर्टको कोठा नम्बर १७ मा बिहान ३ बजेतिर मृत्यु भएको हो । उनी २५ गते गोक्योबाट डोले आईपुगेका थिए ।

उनी नोमेड नेपाल ट्रेक बाट १७ गते समिट एयरको उडानबाट काठमाडौबाट लुक्ला आई भ्रमणका लागी खुम्बु प्रवेश गरेका हुन् । खुम्बु भ्रमणपछि गोक्योबाट फर्कने क्रममा उनको हाईअल्टीच्युडका कारण मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु