हाइअल्टीच्युटका कारण भारतिय नागरिकको मृत्यु

बिक्रम श्रेष्ठ । सोलुखुम्बु । बैशाख १५–
खुम्बु क्षेत्र भ्रमण गर्न आएका एक भारतिय पर्यटकको सोलुखुम्बुमा मृत्यु भएको छ । सगरमाथाको आधार शिबिर तर्फ भ्रमणका लागी गएका बर्ष २५ का प्रबिर प्रताप सिंह गाधौनको निधन भएको हो । हाई अल्टीच्युटका कारण बिरामी परेको उनलाई हिजो खुम्जुङ ६ स्थीत दिङबोचे बाट दिबुचे ल्याईएको थियो । आईतबार राती दिबुचेको एक होटलमा बास बसेका उनको सोमबार बिहान हेलीकोप्टरबाट काठमाडौ लैजाने तयारी भईरहदा करिब साढे १० बजे बसेकै होटलमा मृत्यु भएको हो । उनको स्थाई ठेगाना भारतको मध्य प्रदेश सुठा भएको बुझिएको छ । शब बारे बुझन ईलाका प्रहरी कार्यलय नाम्चेबाट प्रहरीको एक टोली दिबुचे तर्फ गएको छ । मंगलबार बिहान १० बजे प्रहरी घटनास्थल पुगेर मात्रै थप जानकारी आउने जिल्ला प्रहरी कार्यलयले जनाएको छ । उनको साथमा एक जना भरिया मात्रै रहेकोले उनको बारेमा थप बुझ्न समस्या भएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु