‘हलेसी साईनो स्टार’को उपाधि पुस्कलको पोल्टामा

शिखर गजरकोटे
सोलुखुम्बु, फागुन २६

खोटाङमा जारी हलेसी साईनो स्टारको उपाधि विजयखर्कका पुस्कल राईले जितेका छन् । विभिन्न चरण पार गर्दै अन्तिम ११ मा समेटिएका राईले दित्तेलमा शनिबार राति सम्पन्न प्रतियोगीताको उपाधि जित्न सफल भएका हुन् ।

राईले ५० हजार ५५५ रुपैयाँ नगदको साथमा एक बर्ष संगीत कक्षा र गीत रेकर्डिङको अबसर प्राप्त गरेका छन् । विजेता राईलाई लित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गत पुस देखि जारी प्रतियोगीतामा ओखलढुंगाका पर्शराम गजमेर फस्ट रनरअप भएका छन् भने बराहपोखरीका सोम मगर सेकेण्ड रनरअप भएको साईनो कला केन्द्रका अध्यक्ष तथा प्रतियोगीताका संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए ।

गजमेरले नगद ३३ हजार ३३३ रुपैयाँ, संगीत कक्षा र गीत रेकर्डिङको अबसर पाएका छन् भने मगरले नगद १५ हजार ५५५ रुपैयाँको साथमा संगीत कक्षा र गीत रेकर्डिङको अबसर, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगीताको ग्राण्ड फिनालीमा राई ईज किङ राजेशपायल राई, संगीतकार शान्तिराम राई, संगीतकार तथा गायक महेश खड्का, गायिका मेनुका राई, गायक रेवत राई, साहस राई, धर्मराज पोखरेल लगायत स्थानीय कलाकारको प्रस्तुतीले दित्तेल झुमाएका थिए । हजारौँ कलाप्रेमी दर्शकले सांगितीक मज्जा लिएको आयोजकले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु