हलेसीमा रक गार्डेनको शिलान्यास, यस्तो बन्दै छ – (फोटो फिचर)


खोटाङ, जेठ २५


खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने ककनीडाँडामा ‘रक गार्डेन’ शिलान्यास गरिएको छ ।

त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको कडा चट्टान नै चट्टानले ढाकिएको ककनी डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आईतवार ढुंगे बगैँचा बनाउने योजना शिलान्यास गरिएको हो । क्रमागत योजनाका रुपमा करिव साँढे पाँच करोडमा सम्पन्न हुने ‘चुरेडाँडा रक गार्डेन’ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले शिलान्यास गरेका हुन् ।

स्थानीयस्तरमा रोजगारीको अवशर सिर्जना गर्ने र नगरपालिकाको आम्दानीको दिर्घकालीन श्रोतका रुपमा विकास गर्नका लागि विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडालाई रक गार्डेनका रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख राईले बताए ।


ककनी डाँडाका करिब १६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाउने तयारी गरिएको हो । यस आर्थिक वर्ष चुरेडाँडा रक गार्डेनको वरिपरी पर्खाल र रेलिङ हालेर घेरा हाल्ने तथा अर्को वर्षबाट स्ट्रक्चर र गार्डेनिङको काम सुरु गरिने नगरपालिकाले जनाएको छ । यस आर्थिक वर्ष ‘रक गार्डेन’ निर्माणका लागि प्रदेश सरकारले ४० लाख बजेट बिनियोजन गरेको छ ।

प्राकृतिक चट्टानले बनेको ककनीको मन्दिरभन्दा केही माथि रहेकाले हलेसी र ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा पु¥याउन सकिने सम्भावना रहेको नगरपालिकाले जनाएको छ । रक गार्डेन बनाउनका लागि डाँडामा रहेका कुनैपनि ढुंगालाई नविगारी÷नचलाई सजावटका काम गरिने नगरप्रमुख राईले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!