हलेसीका तीर्थयात्री चढेको जीप दुर्घटना, एकको मृत्यु

बिक्रम श्रेष्ठ – १६ फागुन – खोटाङमा भएको जीप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य सात घाइते भएका छन् । हलेसीमा शिवरात्रिको अवसरमा लाग्ने मेला भरेर घर र्फकने क्रममा शुक्रबार बिहान बाहुनीडाँडा-१ बयाक्तामा बा ८ च १६११ नम्बरको जीप दुर्घटना हुँदा मोरङको कसेनी-६ का ७१ वर्षीया कमला बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धरान लगिएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान पठाइएको छ । सडक माथिबाट खसेको पहिरोमा जिप क्रस गराउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने च्यास्मिटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सत्तुरधन राउतले जानकारी दिए । जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको राउतले वताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!