हर्कपुर नाकामा थप कडाइ गर्न ओखलढुंगा कांग्रेस सभापतिको माग

नवराज कार्की
ओखलढुंगा, चैत्र २८

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारले ओखलढुंगा प्रवेश गर्ने मुख्य प्रवेशद्वारका रुपमा  चिनिने हर्कपुर नाकामा थप कडाई गर्न माग गरेका छन् । उनले  बुधवार प्रमुख जिल्ला अधिकारी गणेश आचार्यसमक्ष यस्तो माग राखेका हुन् ।

हर्कपुर नाकाबाट ओखलढुंगासहित सोलुखुम्बु र खोटाङ समेत जान सकिन्छ । ‘रातिको समयमा धेरै मान्छे ओखलढुंगा छिरेको पाइयो,’ उनले प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दै भने,’यसलाई अझ कडाई गर्नुपर्यो ।’ सभापति सुनुवारले मानेभञ्ज्याङ गाउँपालिकालाई पनि नाकामा कडाई गर्न र नाका व्यवस्थित बनाउनका लागि  ध्यान दिन सुझाव दिएको बताएका छन् ।

सभापति सुनुवारले नाकामा स्वास्थ्यकर्मी समेत कम भएको बताएका थिए । उनले मानेभञ्ज्याङ गाउँपालिकाले व्यवस्था गरेको स्वास्थ्यकर्मीले अपुग भए अन्य स्थानीय तहबाट समेत स्वास्थकर्मी लैजान सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हर्कपुर नाकामा तीन सिफ्ट बनाएर तीन जना स्वास्थ्यकर्मी ब्यवस्थापन गरिएको बताएका थिए । हर्कपुरमा स्वास्थ्यकर्मी खटाएपछि अन्य साना नाकाबाट जिल्ला प्रवेश गरेको पाइएकाले ती नाकामा पनि  कडाइ गरिएको उनको भनाई थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!