हट किमको बिहे खिच्न १० मिलियन डलर तिर्नुपर्ने

चर्चित रियालिटी स्टार एवं मोडल किम कार्दशियन आफ्ना प्रेमी कान्य वेष्टसँग बिहे गर्दैछिन् । किमको बिहे निक्कै महंगो हुने वुझिएको छ । यसैविच यो जोडीले आफ्नो बिहेका तस्बिर खिच्न मिडियासामु १० मिलियन डलरको राशी अगाडि सारेको छ ।

यसका लागि यतिबेला विभिन्न चर्चित मिडियाले आफ्ना बोली लगाइरहेका छन् । ग्लोसी म्यागेजिनका संचालकले किमकी आमा र उनका म्यानेजरसँग यो डील साइन गर्नका लागि कुरा गरिसकेको छन् ।

तर यो जोडी भने चर्चित फेसन म्यागेजिन ‘भोग’ले यो डीलमा आफ्नो हात अगाडि बढाओस् भन्ने चाहनामा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु