स्वर्ण महोत्सबको तयारी तिब्र

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर १५

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ राप्छा स्थित बासाखाली माध्यमिक विद्यालयले स्वर्ण महोत्सबको तयारी तिब्र पारेको छ । विद्यालयले शनिबार सल्लेरीमा पत्रकार सम्मेलन गर्दै स्थापनाको ५० बर्ष पुरा भएको अबसरमा आगामी पुस २७ देखि माघ १ गतेसम्म मनाईने महोत्सबको तयारी तिब्र पारिएको जानकारी दिएको छ ।

२०२५ सालमा स्थापना भएको विद्यालयको स्वर्ण महोत्सब मनाउनका लागि मूल आयोजक समारोह समिति, उपसमिति, विभाग गठन गरि काठमाण्डौ, सल्लेरी र गाउँका साथै विभिन्न मूलुकमा रहेका व्यक्तिसंग सहयोग संकलनको काम भईरहेको प्रचार विभाग प्रमुख प्रकाश खालिङले जानकारी दिए ।

१३ बुँदे कार्ययोजना

स्थापनाको ५० बर्ष पुरा भएको अबसरमा विद्यालयले १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । स्थापनाकाल देखि विद्यालयको विकास र विस्तारमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने योजना बनाएको विद्यालयले विद्यालय क्षेत्र करिब १५० रोपनीमा विस्तार गर्दै नमूना भौतिक संरचना निर्माण गर्ने, कक्षा १२ सम्म पढाई शुरु गर्ने, प्राविधिक शिक्षालय स्थापना, विज्ञान प्रयोगशालाको व्यवस्था, सुविधासम्पन्न होस्टेलको व्यवस्थाका साथै ई–पुस्तकालय स्थापना गर्ने योजना बनाएको छ ।

त्यस्तै, शैक्षिक कोष तथा अक्षय कोषको स्थापना, बाल शैक्षिक उद्यान निर्माण गरि स्वर्ण प्रतिक स्थापना, विद्यालयको व्यवस्थित हल तथा खेलकुदको पुर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादनका लागि तत्कालिन तथा दिर्घकालिन योजना निर्माण, परम्परागत तथा मौलिक संस्कृतिको संरक्षण र प्रर्वद्धन र आन्तरिक तथा बाह्रय पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राख्ने १३ बुँदे योजना विद्यालयको योजनामा समाबेश गरिएको छ ।

महोत्सबका कार्यक्रम

स्वर्ण महोत्सबको अबसरमा विद्यालयस्तरिय र खुला तर्फका ७÷७ वटा प्रतियोगीताको आयोजना गर्न लागिएको छ । कक्षा ९ देखि १२ सम्मका लागि छात्र फुटबल र छात्रा फुटबल, कक्षा ६ देखि ८ सम्मका लागि नृत्य प्रतियोगीता, कक्षा ४ र ५ का लागि गेसिङ वर्ड र चित्रकला, कक्षा १ देखि ३ सम्मका लागि हिसाव दौडा, कक्षा ९ र १० का लागि हाजिरीजवाफ प्रतियोगीता र माविस्तरिय मिनी म्याराथन प्रतियोगीताको आयोजना गरिएको छ ।

त्यस्तै, खुलातर्फपुरुष फुटबल, महिला÷पुरुष भलिबल र मिनी म्याराथन, चेस, पुरुष आर्चरी, डबल ब्याटमिन्टन र टेबलटेनिस प्रतियोगीताको आयोजना गरिने पत्रकार सम्मेललन मार्फत जानकारी गराईएको छ ।

सहयोग संकलन गाउँ देखि विदेशसम्म

स्वर्ण महोत्सब सम्पन्न गर्नका लागि साढे २ करोड रकम खर्च हुने मूल समारोह समितिले जनाएको छ । पुर्वाधार निर्माण र स्वर्ण जयन्ती कार्यक्रमको लागि उक्त रकम खर्चको अनुमान गरिएको विद्यालयका प्रध्यानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए । गाउँका अविभावक देखि प्रदेश तथा संघीय सांसद, विभिन्न क्षेत्रका व्यक्ति, पुर्व विद्यार्थी, शैक्षिक सरोकारवालासंग रकम संकलन भईरहेको छ । उनीहरुवाट पाँच सय देखि एक लाख सम्मको रकम सहयोगका लागि बचन आएको कोषाध्यक्ष पन्च राईले जानकारी दिए । हालसम्म करिब २८ लाख रकमका लागि बचन प्राप्त भएको कोषाध्यक्ष राईले बताए ।

संकलित रकमको पारदर्शीताको लागि एकद्धार प्रणालीवाट खर्चको व्यवस्थापन गरिएको छ भने प्राप्त रकम सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जाने स्वर्ण महोत्सब मूल आयोजक समारोह समितिका सह–संयोजक अर्जुन खालिङले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!