स्वर्गीय ङिम दोर्जीका राजनितिक तथा सामाजिक योगदान

सोलुखुम्बु असार २


वि.स. २०३९ कार्तिक १० गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा जन्मिएका ङिम दोर्जी शेर्पा पेशाले पर्यटन तथा होटल व्यवसायी हुन् । वि.स.२०५४ सालमा अखिल नेपाल विद्यार्थी युनियन चौरीखर्कको अध्यक्ष एवंम अखिल चौथो जिल्ला सदस्य भएर राजनितिक क्षेत्रमा प्रवेश गरेका उनले २०५६ सालमा महेन्द्रज्योति माविबाट एसएलसी उत्तिर्ण गरे ।


पेमाछोलिङ मध्यवर्ती क्षेत्र सामुदायीक वन उपभोक्ता समुहको सचिव र लुक्ला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष भएर वन वातावरण र जैविक विविधता संरक्षणमा योगदान पु¥याएका शेर्पाले २०६४ सालमा चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव र २०६७ सालदेखि चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अध्यक्ष भएर काम गरे ।


सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि)का प्रथम उपाध्यक्ष समेत बनेका उनी हिमालय क्लब लुक्ला, फारक शेर्पा किदुक काठमाण्डौ, महेन्द्रज्योति भुतपुर्व विद्यार्थी मञ्च लगायतका संस्थाहरुको आजिवन सदस्य समेत रहेका शेर्पा पछिल्लो समय नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सचिवालय सदस्य समेत थिए ।


२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका उम्मेद्धारलाई हराएर खुम्बु पासाङल्हामू गाउँपालिका अध्यक्षमा निर्वाचित बने । स्थानीय तहको सफल नेतृत्व लिइरहेका शेर्पा पछिल्लो समय आन्द्राको क्यान्सरबाट पिडित थिए ।


दश महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका उनलाई दुई महिनासम्म रेडियो थेरापी गरिएको थियो । काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि चिकित्सककै सल्लाहमा जन्मभूमि लुक्ला ल्याइएको थियो ।


नेकपा नेता तथा कार्यकर्तामा आशाका केन्द्र मानिएका शेर्पाको ३८ बर्षको उमेरमा मंगलबार (२०७७ असार २) विहान ८.५० बजे निधन भएको थियो । अलविदा ङिमदोर्जी !

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!