‘स्थानीय पाठ्यक्रम’ निर्माणको तयारीमा सोलुदुधकुण्ड

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २७

सोलुदुधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि समिति गठन गरेको छ । आईतबार बसेको नगर शिक्षा समितिको वैठकले स्थानीय पाठ्यक्रम निर्माणका लागि सोलुखुम्बु बहुमूखि क्याम्पसका प्रमुख उद्धव कुमार शर्माको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेको हो ।

गठित समितिले ६० दिन भित्र राजनीतिक, आर्थिक, भौगोलिक, एतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय, भौतिक, सांस्कृतिक, भाषिक लगायतका क्षेत्र समाबेश गरि पाठ्यक्रमको ढाँचा निर्माण गर्ने गरि जिम्मेवारी प्रदान गरिएको छ । समितिलाई आवश्यक पर्ने स्रोतसाधान नगरपालिकाले उपलब्ध गराउने निर्णय लिईएको प्रवक्ता शारदामाया तामाङले जानकारी दिईन् । नगरपालिकाले स्थानीय पहिचान र संभावनालाई चित्रित गर्ने खालको पाठ्यक्रम निर्माण गरि विद्यालयमा पठनपाठन शुरु गर्ने लक्ष्यका साथ पाठ्यक्रम निर्माणको तयारी थालेको हो । नगर क्षेत्रका जनशक्तिलाई स्वरोजगारको बाटो पहिल्याउन सहज हुने र धार्मिक तथा सांस्कृतिक पक्षलाई लिपिबद्ध गरि प्रचारमा सहयोग पु्¥याउने किसिमले पाठ्यक्रम तयार पारिने मेयर नाम्गेलजाङबु शेर्पाले बताए ।

बैठकले वडा नं ७ च्याल्सामा संचालित सगरमाथा आधारभूत विद्यालयलाई कक्षा ९ संचालनका लागि स्विकृती दिने निर्णय लिएको छ भने सल्लेरीमा संचालित समता स्मुलको अनुगमन गरि आवश्यक प्रक्रिया पुरा गरेको भेटिए कक्षा २ सम्म पठनपाठनका लागि अनुमति दिने निर्णय गरिएको शिक्षा संयोजक गोपालराज भूजेलले जानकारी दिए ।

नगर शिक्षा समितिको वैठकले नगरपालिकावाट अर्को स्थानीय तहमा काजमा गएका वा नगरको एक विद्यालयवाट अर्को विद्यालयमा काजमा गएको शिक्षकलाई फिर्ता बोलाउने र अन्य स्थानीय तहवाट काजमा आएका शिक्षकलाई पनि फिर्ताको लागि ताकेता भए फिर्ता पठाउने निर्णय लिएको छ ।

मेयर शेर्पाको अध्यक्षतामा बसेको बैठकमा शिक्षा संयोजक गोपालराज भूजेलको संयोजकत्वमा गठित दरबन्दि मिलान उपसमितिले तयार पारेको प्रतिवेदन पेश गरेको छ । विद्यार्थी संख्याको आधारमा कार्यरत दरबन्दि र कामकाजका लागि खटाउन सक्ने विद्यालय र शिक्षक संख्या समाबेश प्रतिवेदन अनुमोदन गरि प्रतिवेदनको आधारमा दरबन्दि मिलानको काम अघि बढाईने निर्णय लिईएको छ ।

वैठकले पुस्तकाय अनुदान, सूचना तथा प्रविधि कार्यक्रम, विज्ञान प्रयोगशाला, वास शौचालय निर्माणको लागि विभिन्न विद्यालयको नाम सिफारिस समेत गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!