स्थानीय तहमा भष्ट्राचार मौलायोे – नेता केसी

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ १९

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले स्थानीय तहमा भष्ट्राचार मौलाएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेस माप्य दुधकोशी गाउँपालिकाले बासामा आयोजना गरेको आमसभामा बोल्दै नेता केसीले जिल्लाका स्थानीय तहमा विकासको नाममा भष्ट्राचार मौलाएको आरोप लगाउनुभएको हो ।

फायल तस्बिर

स्थानीय तहमा भएको भष्ट्राचारमा जनप्रतिनिधि नै संलग्न भएको नेता केसीले जिकिर गर्नुभयो । नेता केसीले स्थानीय तहमा मौलाएको गलत प्रवृत्तिको रुपमा पार्टी र भातृसंस्थाहरुलाई विरोध र दबाबका कार्यक्रम संचालन गर्न निर्देशन समेत दिनुभयो । उहाँले जिल्लामा कांग्रेसको बर्चस्व नरहेसम्म विश्राम नलिने उद्घोष गर्नुभयो ।

कार्यक्रममा कांग्रेस सभापति विनोद बस्नेतले जनप्रतिनिधि विकासको नाममा ठेकेदार भएको भन्दै आफूहरुले ईमानदारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने र खबरदारी गर्ने बताउनुभयो । कांग्रेस नेता प्रकाशसिंह कार्कीले सरकार लगानीमैत्री नभएको दाबी गर्दै उदार अर्थतन्त्रको विरोधमा देखिएको जिकिर गर्नुभयो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलङबु शेर्पाले केन्द्र सरकार संघीयता असफल पार्न तर्फ उद्यत देखिएको आरोप लगाउनुभयो । उहाँले सरकारले आवश्यक कानुन निर्माणमा गरेको ढिलाई र शक्ति संचितिकरणमा लागेकाले संघीयता असफल बनाउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला स्तरका दर्जनौ नेताहरुले आ–आफ्ना धारणा राखेका थिए । सभाको अबसरमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु