स्थानीयको लगानीमा विद्यालयमा पिउने पानी

शिखर गजरकोटे
सोलुखुम्बु, १ पौष

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका चाचालुङको अमरज्योति आधारभूत विद्यालयमा पिउनेपानीको व्यवस्थापन गरिएको छ ।

फाईल तस्विर

बर्षौ देखि पिउनेपानीको समस्या झेलिरहेको विद्यालयले स्थानीय कान्छामान राईको ३ लाख आर्थिक लगानी र एक लाख बराबरको जनश्रमदानमा विद्यालयमा पिउनेपानीको व्यवस्थापन गरिएको प्रध्यानाध्यापक उत्तर कुमार राईले जानकारी दिनुभयो ।

यसअघि पिउनेपानी र शौचालय सरसफाईका लागि विद्यार्थीको एक प्रियड समय पानी बोक्नमा खर्चिदै आईएको थियो । हरेक दिन एक प्रियड हापेर पानी बोक्नमै व्यस्त देखिने विद्यार्थीहरुले पानीको व्यवस्था गरेसंगै राहत महसुस गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु