स्थानिय भत्ता कटाएकोमा स्थानिय निकायमा आबद्ध कर्मचारीहरुको असन्तुष्टी

बिक्रम श्रेष्ठ । भाद्र १२–सोलुखुम्बु ।
स्थानिय भत्ता नपाउने ब्यबस्था गरिदिको भन्दै सोलुखुम्बुमा कार्यररत निजामति कर्मचारीहरुले असन्तुष्टी ब्यक्त गर्दै आज अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । जिल्लाका कायम मुकायम प्रमुख जिल्ला अधिकारी चौमेन्द्र न्यौपाने मार्फत यसै आर्थिक बर्ष देखी लागु हुने गरि अर्च मन्त्रालयले स्थानिय भत्ता कटौती गरे पछि सरकारकै कर्मचारीहरु असन्तुष्ट बनेको हो । बिज्ञप्तीमा अर्थ मन्त्रालयबाट भएको साउन २ गतेको परिपत्र अनुसार साउन १ गते देखी लागु हुने गरि तलबमानको परिपत्रमा स्थानिय भत्ता दिने आधारको खण्ड ख मा स्थानिय भत्ता नपाउने भनि परिपत्र समेत भएको अबस्थामा पुनः अर्थ मन्त्रालयको संशोधित तलबमानमा स्थानिय भत्तासंबन्धी परिपत्रमा पनि केही ब्यबस्था नगरेको भन्दै स्थानिय निकाय कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तीमा उक्त परिपत्रबाट स्थानिय सरकारको रुपमा रहेको स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको हाल सम्म खाईपाई आएको स्थानिय भत्ता एक्कासी कटौती हुदा कर्मचारीहरुको मनोबाल गिर्ने, बिभेद हुने मात्र नभई बिकेन्द्रीकरण र स्थानिय स्वायत्त शासनको भावना तथा मर्मलाई कमजोर पार्न खोजीएको उल्लेख गरिएको छ । यदी आफ्नो मागहरुमा ब्यवास्ता गरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको जिल्ला बिकास समिति सोलुखुम्बुको कार्यक्रम अधिकृत तथा स्थानिय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य युवराज पाख्रेलले जानकारी दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!