स्थानिय तह निर्धारण गर्न बनेको प्राविधिक समितिको समयसीमा आज सकिदै

111काठमाडौं १५ भदौ – स्थानीय तहको पुनःसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा तोकिएको संख्या अनुरुप स्थानिय तह निर्धारण गर्न दिएको समय सकिदैछ । जिल्लामा गठन भएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको म्याद १५ दिन थप गरिएको थियो । थपिएको म्याद आज सकिन लागेको हो । अब स्थानीय तह पुनःसंरचना आयोगले पुनःसंरचनाको काम अगाडि बढाउने भएको छ ।

आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहको पुनःसंरचनासम्बन्धी सिफारिस आयोगलाई पठाउन जिल्ला प्राविधिक सहयोग समितिलाई दिइएको समयावधि अब नथपिने बताउनुभयो । पछिल्लो समयमा आयोगमा जिल्लाबाट प्रतिवेदन आउने क्रम भने बढ्दो छ । आजसम्म धेरै जिल्लाबाट रिपोर्ट आयोगसम्म आइपुग्ने आयोगको अपेक्षा छ ।

हिजो मात्रै दार्चुला, डडेलधुरा, सिन्धुपाल्चोक, मुगु, दाङ र बाजुरा गरी छवटा जिल्लाले आयोगलाई प्रतिवेदन बुझाइसकेका छन् । सरकारले गत चैत १ गते स्थानीय तहको पुनःसंरचना गर्न भन्दै स्थानीय तह पुनःसंरचना आयोग गठन गरेको थियो । आयोगले गत वैशाखदेखि कार्यतालिका बनाएर आफ्नो कामलाई तीव्रता दिँदै आएको छ । आयोगको म्याद फागुन मसान्तसम्म छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!