स्थगीत भएको सोलुखुम्बुको आर्थिक बर्ष ७०÷७१ को समिक्षा आज वाट शुरु हुदै

हिमाल एफ.एम १६ भाद्र । समय अभावका कारण आईतबार स्थगीत भएको आर्थिक बर्ष ७०÷७१ को समिक्षा आज विहान १० बजेवाट शुरु हुदैछ । जिल्ला विकास समिती सोलुखुम्बुको आयोजनामा हिजो देखि शुरु भएको समिक्षामा जिल्लाका दर्जनौ विकासे कार्यलयले आ.व ७०÷७१ प्रगती प्रतिवेदन प्रस्तुत गरिसकेका छन् ।
सभाषद बल कहादुर केसिको विशेष उपस्थितीमा जारी समिक्षामा जिल्ला कृषि विकास कार्यलय, जिल्ला पशुसेवा कार्यलय, महिला तथा बालबालिका कार्यलय, जिल्ला बन कार्यलय, जिल्ला शिक्षा कार्यलय, जिल्ला स्वास्थ्य कार्यलय, घरेलु तथा साना उद्योग विकास समिती, जिल्ला बागवानी केन्द्र, जिल्ला खाद्यान्न संस्थान, जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यलय, रिड नेपाल लगायतका विकास संग सम्बन्धित कार्यलयले प्रगति प्रतिवेदन प्रस्तुत गरिसकेका छन् । त्यस्तै आज जिल्ला विभिन्न क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था लगायत जिल्ला विकास समिती लगायत अन्य सरकारी कार्यलयहरुले आफ्नो प्रगती प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु