सोलु हेल्थ केयरमा थाइराइड परीक्षण शुभारम्भ (भिडियो)

सोलुखुम्बु, भदौ १४


सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा संचालित सोलु हेल्थ केयर सेन्टरले सेवा विस्तार गरेको छ ।
आइतबार तिङलाका ९३ बर्षिय टक बहादुर नेपालीको थाइराइड परीक्षण गरि थाइराइड सेवाको शुभारम्भ गरिएको छ भने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले रिवन काटेर थाइराइड सेवाको उद्घाटन गरे ।


मेयर शेर्पाले थाइराइड सेवा विस्तारले जिल्लाबासीलाई ठूलो राहत मिल्ने बताए । सोलु कम्यूनिटी हस्पिटल निर्माण र संचालनको सपना साकार पार्नका लागि स्थानीय तहले सहयोग गर्ने र बृहत छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


३ बर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै हेल्थ केयरले ढिलामा पनि २४ घण्टा भित्र थाइराइड रिर्पोट दिने गरि थाइराइड सेवा शुरु गरेको प्रबन्ध निर्देशक डा.राजेन्द्र बस्नेतले जानकारी दिए । यसअघि थाइराइड परीक्षणका लागि काठमाण्डौ नै पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै जिल्लाबासीका लागि सेवा विस्तार गरेको उनको भनाई छ ।


अब देखि सल्लेरीमै क्यान्सर, डिम्बाशय, रक्तअल्पता, भिटामिन डि, भिटामिन बि १२, सिपिकेएमवि परीक्षण गर्न सकिने हेल्थ केयरले जनाएको छ । हेल्थ केयरले ६० बर्ष माथीका जेष्ठ नागरिकको ५० प्रतिशत छुटमा उपचार गर्दै आएको छ भने आनी र टावाको उपचारमा २० प्रतिशत छुट र विपन्न परिवारका सदस्यहरुको निशुल्क उपचार समेत गर्दै आएको छ ।


सोलु कम्यूनिटी हस्पिटल निर्माणको लागि सोलु हेल्थ केयर र सोलुदुधकुण्ड यूथ क्लबको सहकार्यमा सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा जग्गा खरिद समेत गरिसकिएको छ । अस्पताल निर्माणको ५ बर्षे योजना सार्वजनिक गरिएको छ भने क्रमशः सेवा विस्तार गर्दै लैजाने र अस्पताल निर्माण तथा संचालनलाई पुर्णता दिने तयारी गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!