‘सोलु’ व्यवसायीक चलचित्र निर्माणका लागि उपयुक्त

शिखर गजरकोटे
सोलुखुम्बु, २८ जेठ

सोलुखुम्बु व्यवसायीक चलचित्र निर्माणको लागि उपयुक्त रहेको चलचित्रकर्मीहरुले बताएका छन् ।

राजधानीवाट करिब ३ सय किलोमिटर टाढाको दुरीमा पर्ने सोलुखुम्बुमा पछिल्लो समय चलचित्र छायांकन बाक्लिन थालेको छ ।

मनोरम प्राकृतिक सुन्दरता नै व्यवसायीक चलचित्रको लागि खास बन्ने निर्माता तथा कलाकार केशव भट्टराईले बताउनुभयो । निर्माता भट्टराईले निर्माताका लागि मौसम चुनौति भएपनि प्राकृतिक सुन्दरता अब्बल रहेको बताउनुभयो ।

अहिले ‘यात्रा’ चलचित्र छायांकन भईरहेको छ । उक्त चलचित्र जिल्लाको पत्ताले, सल्लेरी, फाप्लु र जुनवेशी क्षेत्रमा छायांकन गरिदैछ ।

निर्देशक सम्राट शाक्यले स्वर्गजस्तै लाग्ने सोलुखुम्बुमा काम गर्दा थकानको महसुस नै नहुने अनुभव बताउनुभयो ।

कलाकार धिरेन शाक्यले सोलुखुम्बुको सुन्दरताले चलचित्रकर्मीलाई लोभ्याएको बताउनुभयो ।

यसअघि पनि जिल्लामा केहि चलचित्र र म्यूजिक भिडियो छायांकन गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु