सोलु प्रहरीद्वारा राती ९ बजेभन्दा पछाडी देउसीभैलो खेल्न रोक

राधा ढुंगाना
सोलुखुम्बु, १ कार्तिक ।

तिहारको अवसरमा सोलुखुम्बु प्रहरी प्रशासनले समेत शान्ति सुरक्षामा शतर्कता अपनाएको छ । यो अवधिभर कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा अवस्था मजबुत बनाइएको हो । सुरक्षा समितीको आज बसेको बैठकले राती ९ बजेसम्म मात्रै देउसी खेल्न पाउने निर्णय गरेको छ । बैठकले सामाजिक सद्भाव खल्वलाउने किसिमका आतासबाजी, पटका पट्काउनमा रोक लगाएको प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले बताउनुभयो । जिल्ला प्रहरी कार्यलयले बजार क्षेत्रमा प्रहरी गस्ती खटाएको छ भने प्रहरी परिचालन गरी सुरक्षामा विशेष ध्यान दिईएको छ । सुरक्षा चुस्त बनाउन चौबिसै घण्टा सदरमुकाममा पैदल गस्ती खटाईने जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न र होटल पसलहरु बन्द गर्न आग्रह गरीएको छ । चाडपर्वमा लुटपाट, चोरी तथा झै झगडा हुनसक्ने भएकोले त्यस्ता गतिविधी रोक्न विशेष सुरक्षा व्यवस्था गरिएको प्रहरी नायव उपरिक्षक पराजुलीले बताउनुभयो ।

उता, चाडवाड तथा निर्वाचनको समयमा हुन सक्ने अप्रिय घटनालाई न्यूनिकरण गर्न जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । तिहार तथा छठ पर्व र नजिकिँदै गरेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको हो । जिल्लाको मुख्य नाका तथा व्यापारिक केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोली मङ्गलबारबाट चौबीसै घण्टा परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । जिल्लामा हुने अप्रिय घटनालाई तत्कालै समाधान गर्न जिल्ला प्रहरी कार्यालयको १०० नम्बरको हटलाईन टेलिफोनलाई चौबीसै घण्टा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । उक्त हटलाईनमा संकलित जानकारीको आधारमा थप सुरक्षाकर्मी परिचालन गरेर अप्रिय घटनालाई न्यूनिकरण गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

चाडवाडको समयमा विभिन्न बहाना बनाएर सर्वसाधारणलाई जबरजस्ती चन्दा माग्ने व्यक्ति तथा संस्थालाई कडा कारबाही गर्ने समेत प्रशासनले निर्णय गरेको छ । कतिपय व्यक्ति तथा संघसंस्थाले यसअघि तोकेरै चन्दा माग्ने गरेको पाइएकाले यस वर्ष त्यस्ता व्यक्ति तथा संघसंस्थालाई कारबाही गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

जबरजस्ती चन्दा माग्ने व्यक्ति तथा संघसंस्थाको नाम हटलाईनमार्फत जानकारी गराउन पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ । जबरजस्ती चन्दा लिने व्यक्ति तथा संघसंस्थालाई ठगी मुद्दा दर्ता गरेर कारबाही गरिने जनाइएको छ । तिहारको अवसरमा आयोजना गरिने देउसी÷भैलो कार्यक्रम राति दश बजेभन्दा बढी समय नगर्न जिल्लावासीलाई प्रशासनले आग्रह गरेको छ । राति अबेरसम्म आयोजना गरिने कार्यक्रममा सुरक्षा दिन नसकिने भन्दै दश बजेभन्दा अगाडि नै सबै कार्यक्रम सम्पन्न गर्न प्रशासनले आग्रह गरेको हो । तिहारको अवसर पारेर जिल्लामा एकादशीसम्म देउसी÷भैलोका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने चलन छ । विभिन्न संघसंस्थाले आयोजन गर्ने कार्यक्रममार्फत संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने चलन छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु