सोलु प्रहरीद्धारा ज्यान मार्ने उद्योगमा संलग्न ३ व्यक्ति सार्वजनिक

शिखर गजरकोटे
सोलुखुम्बु, १ कात्तिक

ज्यान मार्ने उद्योग तथा अवैध हातहतियार खरखजनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सार्वजनिक गरेको छ । असोज २८ गते दुधकौशीका गाउँपालिका ९ लोखिमको जंगलमा भरुवा बन्दुक पड्काउदा एक बालक घाईते बनाएको आरोपमा पक्राउ परेका धनवीर तामाङ, आसना तामाङ र बुद्धलाल तामाङलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

जंगली जनावरको शिकार गर्ने क्रममा बालक टंकराम राईलाई र्छरा लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायक उपरिक्षक रेशम पराजुलीले जानकारी दिनुभयो । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गोलीको छर्रा लागेर घाईते भएका बालकको अवस्था खतरा मुक्त बनेको छ । उपचारका लागि राजधानीको अस्पतालमा भर्ना गरिएको घाईते बालक राईको ढाडवाट शिशाको टुक्रा झिकिएको हो ।

अवैध हातहतियार अपरेशन अभियान

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सोलुखुम्बु प्रहरीले अवैध हातहतियार अपरेशन अभियान शुरु गरेको छ । जिल्लामा रहेका प्रहरी ईकाईहरुमा जनप्रतिनिधिहरुसंगको सहकार्यमा हातहतियार अपरेशन शुरु गर्न पत्राचार गरिसकिएको प्रहरी नायव उपरिक्षक पराजुलीले जानकारी दिनुभयो । उहाँले आफू संग भएको भरुवा बन्दुक ईमादारीपूर्वक नजिकको प्रहरी कार्यालयमा बुझाईदिन सार्वजनिक अपिल समेत गर्नुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु