सोलु नागरिक समाजको अपिल – स्वच्छ छविका आङगेलु शेर्पा जिताऔँ (विज्ञप्ती सहित)

हिमाल एफ एम,
सोलुखुम्बु, ५ मंसिर

मतदानको मिति नजिकिदै गर्दा विश्वको सर्वोच्च शिखर रहेको सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर २ मा चयन हुने जनप्रतिनिधिको सवालमा नागरिक समाज सोलुखुम्बुले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नागरिक समाज सोलुखुम्बुले आज एक प्रेश विज्ञप्ति जारी गर्दै यो प्रदेश सभाको निर्वाचन क्षेत्र सगरमाथा र चीनको सिमानामा रहेकाले अन्तर्राष्ट्रिय समुदायमै महत्वपूर्ण रहेको भन्दै असल चरित्रवान र स्पष्ट दृष्टिकोण भएका उम्मेदवार आङगेलु शेर्पालाई चुनाव जिताउन अपिल गरेको हो ।

आसन्न मंसिर १० को निर्वाचनमा पार्टी र राजनैतिक आस्था भन्दा माथि उठेर असल र सक्षम उम्मेदवार चयन गर्नु पर्ने सबै मतदाताको जिम्मेवारी भएको भन्दै नागरिक समाजले आफ्नो मत जाहेर गरेको हो । नागरिक समाजका संयोजक आङजाङ्बु शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वको सर्वोच्च शिखर र उत्तरी छिमेकी राष्ट्र चीनको सिमानामा रहेको प्रदेश सभाको २ नम्बर क्षेत्रमा चुनिने प्रतिनिधिले स्वदेशको मात्र नभएर छिमेकी राष्ट्रसँगको समन्वयको समेत महत्वपूर्ण अविभारा सम्हाल्नु पर्ने भएकाले चयन हुने प्रतिनिधि प्रदेशको मात्रै नभएर नेपालकै शानसँग जोडिएको यथार्थतालाई नकार्न नसकिने उल्लेख गरिएको छ ।

निर्वाचन हुन ५ दिन मात्रै बाँकी रहँदा नागरिक समाजले नै उम्मेदवारको बारेमा अभिमत जाहेर गर्नुलाई निकै महत्वका साथ हेरिएको छ । नागरिक समाजले ब्यक्तिगत सम्बृद्धिमा केन्द्रित, अराजक गतिविधिमा सामेल पात्रहरु निर्वाचित भएमा हाम्रो प्रदेश क्षेत्रका विकास अबरुद्ध हुने भएकाले लोकतन्त्रको संस्थागत विकास र मानव अधिकारको रक्षाका लागि प्रत्येक मतदाताले बुद्धिमतापुर्वक आफ्नो मत जाहेर गर्नुहुन समेत अपिल गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु