सोलु तिङलाका स्थानीय फेरि ‘नो भोट’ अभियानमा (तस्विर र भिडियो)

शिखर गजरकोटे,
सोलुखुम्बु, ३ मंसिर

प्रशासनिक सुगमताको माग राख्दै स्थानीय तहको निर्वाचनमा भाग नलिएको सोलुको तिङलाले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि भाग नलिने निश्चित गरेको छ ।

शनिबार सिंहकाली माविमा भएको भेलाले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नबन्ने गरि तिङलालीहरु निर्णयमा पुगेका हुन् । नेचासल्यान गाउँपालिका आफूहरुको लागि टाढा भएको भन्दै नगरपालिकामा समाहित हुनुपर्ने माग पुरा नभए सम्म निर्वाचन गौण विषय बन्ने निर्वाचन वहिस्कार समितिका संयोजक ज्ञान बहादुर राईले बताए ।

गत चैत्र १ गते वाट शुरु गरिएको आन्दोलनले ८ महिना वित्दा पनि माग जस्ताको तस्तै छ । केवल पटक पटक आश्वासन मात्रै पाएकोमा गुनासो गर्छन्, सर्घष समिति काठमाण्डौका संयोजक गोम्बु शेर्पा ।

राज्यको तर्फवाट आश्वासनको रुपमा निर्वाचन पछि माग सम्बोधन गर्ने बचत पाएपनि पटक पटक आश्वासन पुरा नभएकाले त्यो आश्वासन पनि पत्यारलाग्दो नभएको मूल सघर्ष समितिका संयोजक बाल कुमार कार्कीले बताए ।

माग पुरा गर्ने सवालमा तिङलाबासी एक जस्तै देखिएका छन् । केहि व्यक्ति लुकेर या खुलेर निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने लाईनमा देखिएपनि प्राय नागरिक निर्वाचन वहिस्कार कै पक्षमा देखिएका हुन् । तिङलाका अग्रज समाजसेवी तथा राजनितिका जानकार बाबुकाजी कार्की पिडित जनताको आवाज राज्यको निर्णयक तहसम्म पु¥याईदिने भरपर्दो नेता नभएकाले लामो समयसम्म आन्दोलनमै रहनु परेको बताउछन् ।

यसभन्दा अघि जिल्लाका हरेक स्थानमा चुनाबी प्रचारप्रसारमा पुगेका उम्मेद्धारहरु अहिले सम्म तिङलामा पुगेका छैन् । उद्यपी केहि दिनमै कांग्रेस र वाम गठबन्धनले चुनाबी कार्यक्रम राखेका छन् । तिङलालीले कार्यक्रम नै हुन नदिने गरि निर्णय गरिसकेकाले उनीहरुको चुनाबी सभा पनि अन्यौलमा परेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु