सोलु काग्रेशको बिबाद पुन ब्युतियो ।

nnnबिक्रम श्रेष्ठ, सोलुखुम्बु, ११ जेष्ठ – नेपाली काग्रेस सोलुखुम्बुको नेतृत्व बिबाद पुन ब्युतिएको छ । बर्तमान जिल्ला कार्य समिति गत १३ औा अबिधेशन एक पक्षिय र छलकपटपुर्ण तरिकाबाट छनौट गरिएको आरोप लगाउदै काग्रेसको असन्तुष्ट पक्षले जिल्ला कार्य समितिका लागि पुन अबिधेशन गराउने तयारी थालेको छ ।

तात्कालिन उपसभापतिलाइ कार्यबहाक सभापति बनाएर पहिलेकै कार्य समिति कायम रहेको दाबी गर्दै आएको नेता आङगेलु पक्षधरको कागे्स नेताहरुले हाल बिनोद बस्नेत सभापति रहेको भनिएको कार्य समिति कुनै लोक्तान्त्रीक बिधिबाट चुनिएको नभइ निर्बाचन अधिकृतलाइ पुर्ण दबाबमा राख्दै डरधम्कीमा बन्द कोठा भित्र कार्य समिति चयन गरेको नाटक मञ्चन भएको भन्दै यस्तो कपोल्कल्पित कार्य समितिलाइ नेपाली काग्रेसका कुनै पनि कार्यकर्ताले स्वीकार्नै नसक्ने बताएका छन् ।

सोमबार सदरमुकाम सल्लेरीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस बारे पार्टीको केन्द्रीय समितिमा पनि जानकारी गराइसकेको, अबिधेशनको समयमा पार्टीबाट खटिआएका निर्बाचन अधिकृत इन्द्रमणी अधिकारीले समेत आफु करकापमा परि नक्कली कार्य समिति गठन गरि आउन बाध्य भएको बेहोराको पत्र पार्टी केन्द्रीय सभापतिलाइ बुझाइसकेको भन्दै अबको केही समयमै पुन अबिधेशन हुने ठोकुवा गरेका छन् । कार्यबहाक सभापतिको हैसियतमा बोल्दै कृष्ण प्रसाद निरौलाले नयाँ निर्बाचन समिति गठन हुने र त्यस समितिले आफुहरुको उजुरीबारे निर्णय लिए पछि अधिबेशन तत्काल हुने दाबी गरेका छन् ।

महाधिबेशन प्रतिनिधि राम बहादुर बस्नेत, कार्यबहाक सभापति कृष्ण प्रसाद निरौला र सचिब चन्द्र आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा निर्बाचन अधिकृत कब्जामा लिइ सबै क्षेत्रिय प्रतिनिधिहरुलाइ अन्योलमा राखी सामाजिक सञ्जालमा निर्बाचीत भएको नाटकिय बिबरण सार्बजनिक भए पछि काग्रेसको जिल्ला कार्य समिति र निर्बाचित महाधिबेशन प्रतिनिधि राम बहादुर बस्नेतको तर्फबाट अलग अलग लिखित उजुरी पार्टी केन्द्रमा दिइसकेको र उक्त उजुरीकै आधारमा हाल जिल्ला कार्य समितिको अबिधेशनका लागि नयाँ मिति तोक्ने प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनको क्रममा बोल्दै १३ औँ महाधिबेशन प्रतिनिधि रामबहादुर बस्नेतले हालका सभापति बिनोद बस्नेतलाइ फेसबुके सभापतिको संज्ञा दिदै बर्तमान कार्य समितिलाइ कुनै पनि हालतमा सवीकार्न नसकिने बताए । यस्तै पार्टी सचिब चन्द्र आचार्यले बिधि प्रक्रिया भन्दा बाहिरबाट बनेको यस्तो कार्य समितिका पदाधिकारीले आपचारिक कार्यक्रममा गएर आतिथ्यता ग्रहण गर्नु आफुहरुलाइ सव्किार्य नभएको भन्दै आगामी दिन औपचारिक कार्यक्रमहरुमा जिल्ला कार्य समितिको पदाधिकारीको हैसियतमा सहभागी भए आक्रमण गर्ने र परिणाम नराम्रो निस्कने चेतावनी पनि दिएका छन् ।

पत्रकार सम्मेलन बिपि चिन्तन प्रतिष्ठान सोलुखुम्बुका अध्यष एब काग्रेसका युवा नेता गणेश बस्नेत पनि सहभागी थिए । अबिधेशन अघि सम्म नेता बल बहादेर केसी पक्षमा देखिएका बस्नेत केसी समुहले बल मिचाइ गरेको, बिधि प्रक्रियाको धज्जी उडाएको आरोप लगाउदै आङगेलु समुहमा देखिएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु