सोलु–ओखलढुंगा सडकखण्डमा बर्षातको समयमा पनि कालोपत्रे रोकिएन

बिक्रम श्रेष्ठ । असार ९–
निर्धारित समयमै काम सम्पन्न नहुदा सोलु–ओखलढुंगा सडकखण्डको पीचमा थप ६ करोड रुपैयाँ लागत बढेको छ । सन् २०११ डिसेम्बर ११ मा ठेक्क सम्झौता भई दुइ बर्ष पछि अर्थात सन् २०१३ डिसेम्बर २८ मा कालोपत्रेको काम सम्पन्न गर्नु पर्ने ठक्केदार कम्पनिले थप दुई बर्ष गुजार्न लाग्दा समेत काम काम सम्पन्न नभएपछि लागत रकम थप ६ करोड रुपैयाँ बढेको हो । सुरुमा एशियाली बिकास बैक (एडिबि)को ४३ करोड र नेपाल सरकारको २२ करोड गरि ६५ करोड रुपैयाँ लागत इष्टमेट तयार पारिए पनि निर्माण सम्झौता अबधीमा काम सम्पन्न नगर्दा लागत पनि बढ्दै गई ७१ करोड रुपैयाँ पुगेको ओखलढुंगा–सल्लेरी सडक योजनाका प्रमुख स्याम खरेलले जानकारी दिए ।
पटक पटक गरेर ठेक्केदार कम्पनि लामा शर्मा ज्वइन्ट भेन्चर कन्स्ट्रसनले ४ पटक म्याद थप गरिसकेको छ । पछिल्लो समय गत फागुनमै काम सम्पन्न गर्ने गरि म्याद थपिए पनि अहिले सम्म नसकिएको काम असार मसान्त सम्म गरिसक्ने गरि दु्रत गतिमा काम गरिरहेको छ । तर बर्षातको समयमा हतारमा भईरहेको कालोपत्रेको काम गुणस्तरिय नहुने सर्बसाधरणको गुनासो छ । ओखलढुंगाको रमाईलो डाँडा देखि सोलुखुम्बुको सल्लेरी सम्मको ५७ किलोमिटर सडकमा अझै १० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । सुख्खा समयमा गरिनु पर्ने कालोपत्रेको काम निर्माण अबधी लम्बीएपछि असार मसान्त भित्रै सम्पनन गर्न बर्षातको समयमा पनि जारी राखिएको हो । उक्त सडकमा ५ वटा ब्लक बनाएर काम भईरहेको छ । ओखलढुंगा–सल्लेरी सडक योजना सल्लेरी कार्यलयका अनुसार ब्लक १ मा ६ प्रतिशत, ब्लक २ मा १७ प्रतिशत, ब्लक ३ मा १५ प्रतिशत, ब्लक ४ मा ८ प्रतिशत र ब्लक ५ मा ७ प्रतिशत काम अझै बाँकी रहेको छ ।
बर्षातको समयमा गरिएका कालोपत्रे धमाधम उप्कीन थालेको छ । भत्कीएर बनेको खाल्डो मर्मत गर्ने गरिएको छ । उक्त सडकको ५ वटै ब्लकमा यस अघि गरिएका पीचहरु भत्कीएपछि खाल्डा खुल्डी छलाउने क्रममा सवारी साधन चलाउन समेत दुर्घटनाको जोखीम बढेको सल्लेरी यातायातका जीप चालक राजकुमार तामाङले बताए । यता कन्स्ट्रक्सनका निर्देशक पिताम्बर बडुले भत्कीएको स्थानमा तत्कालै मर्मत नगरिए थप नोक्सान हुनेभएकोले टाल्ने काम भएको बताए । हिमाल एफ संग कुरा गर्दै बडुले असार मसान्त भित्रै काम सम्पन्न गर्ने गरि बर्षातको समयमा पनि काम गरिरहेको बताए ।
यसैबिच, बर्षात सुरु भए पछि सोलुखुम्बु ओखलढुंगा सडक खण्डका बिभिन्न स्थानहरुमा पहिरो जान थालेको छ । कालो पत्रेका लागि सडकको भित्ता खोपिएका स्थानहरुमा निरन्तरको पानीले गलेपछि ढिस्काहरु सडकमा थुप्रिन थालेका हुन् । बिशेषतः साल्मे स्थीत पुराना पहिरो गएका स्थानहरु र ओखलढुंगाको चित्रे तथा ठाडे सम्मका क्षेत्रमा सडक माथिका ढिस्कोहरु खसेर सडकमा थुप्रने गरेका हुन् । पानी परिरहेको समयमा ठुला ठुला ढुंगाहरु समेत खस्न थालेपछि उक्त सडकको सवारी यात्रा समेत जोखीम पुर्ण बनेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!