सोलुमा ९ हजार भन्दा बढिले आँखा परीक्षण गराए

अनुज खड्का
सोलुखुम्बु, साउन २५

सोलुखुम्बु जिल्लामा गत आर्थिक वर्ष २०७४÷७५ मा ९ हजार १ सय ८४ जनाले आँखा परिक्षण गराएका छन् ।

जिल्ला सामुदायिक आखा केन्द्र, फाप्लु र केन्द्रले बिभिन्न ठाउमा संचालन गरेको शिबिरबाट हजारौको संख्यामा सर्वसाधारणले आँखा परिक्षण गराएका हुन् । ४ हजार ८ सय १३ जनाले सामुदायीक आँखा केन्द्रबाटै सेवा लिएका छन् भने ३ हजार ३ सय ९८ जनाले बिभिन्न ठाउमा आयोजना गरिएको शिबिर मार्फत सेवा लिएका छन् ।

गत जेठबाट संचालित बिद्यालय आँखा जाँच कार्यक्रम अन्तरगत ९ सय ८१ जना बिद्यार्थीको आँखा परीक्षण गरिएको छ । जसमध्ये दृष्टि क्षमता कमजोर भएका ४४ जना बिद्यार्थीलाई चस्मा बितरण गरिएको छ । जिल्लाभर १ हजार ६ सय ५९ जनालाई चस्मा वितरण गरिएको छ भने ४ हजार ६ सय ७२ जनाले औषधि प्रयोग गरिरहेको तथ्याङ्कले देखाएको छ ।

७३ जनाको भने आँखाको शल्यक्रिया गरिएको आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो । गत वर्ष जिल्लाका बिभिन्न १० स्थानमा निशुल्क आँखा शिबिर संचालन गरिएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु