सोलुमा ५१ वटा घरेलु हिंसाका उजुरी

हिमाल एफ.एम,
सोलुखुम्बु, मंसिर १४

घरेलु हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र सोलुखुम्बुमा चालु बर्षको पहिलो चौमासिकमा ५१ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

केन्द्रमा कुटपिट, गाली बेईजती, जवरजस्तिकरणी, पालनपोषण अभाव लगायतको विषयमा पिडित भएको भन्दै उजुरी दर्ता भएका हुन् । उजुरीमध्ये कुटपिटको १५, गाली बेईजतीको २४, जवरजस्तिकरणीको ४ र पालनपोषण अभाव सम्बन्धि ५ वटा उजुरी सेवा केन्द्रमा दर्ता भएका छन् । तथ्यांक अनुसार गालीबेईजतीमा बढि उजुरी दर्ता भएका छन् । गत आर्थिक बर्षको तुलनामा चालु बर्षको पहिलो चौमासिकमा २ वटा घटना कमी दर्ता भएका छन् ।

प्रतिकात्मक तस्विर

गत बर्षको पहिलो चौमासिकमा कुटपिटको १८, गाली गलौजमा २३, बहुविवाहमा ४, अंशबन्डामा २, पालनपोषणमा ६ वटा गरि ५३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको थियो । सेवा केन्द्रमा दर्ता उजुरीको आधारमा प्रहरीको सहयोगमा अधिकांश घटनाको मेलमिलाप गराईने गरेको जिल्ला सेवा केन्द्रकी प्रमुख माया बम्जनले बताईन् । ‘केहि जटिल घटनालाई अदालत पठाईने गरेका छौ ।’ उनले भनिन्, ‘जबरजस्तीकरणीको घटना अदालतवाट किनारा लाग्न बाँकी रहेपनि पहिलो चौमासिकको अन्य घटना मेलमिलापवाट टुंगो लगाईएको छ ।’ केन्द्रमा गत बर्ष २०७४–७५ मा १७६ वटा हिंसाका उजुरी दर्ता भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु