सोलुमा सवारी चालक पोशाक कार्यान्वयन फितलो


सोनी राई,
सोलुखुम्बु, भदौ ५

सवारी चालक तथा सहचालकलाई पोशाक अनिवार्य गरिएपनि कार्यान्वयन फितलो देखिएको छ ।

प्रदेश सरकारको कार्यक्रम अनुसार सवारी चालक र सह–चालकले राज्यले तोकेको पोशाक लगाउनुपर्ने नियम लागु गरेपनि हिमाली जिल्ला सोलुखुम्बु भित्रने र बाहिरिने सवारीका चालकले पोशाक लगाएको नपाईएको हो ।

लगाएपनि सवारी चेकपोष्ट नजिक पुगेपछि लगाउने र चेकपोष्ट कटेपछि खोलेर पोको पार्ने संस्कार विकसित विकसित हुदै गएकाले कार्यान्वयनमा फितलोपना देखिएको छ ।

२०७५ चैत्र १ गतेबाट शुरु अभियान कार्यान्वयनका लागि सक्रिय रहेको ट्राफिक प्रहरीले तोकिएको मापदण्ड अनुसारको पोशाक जिल्लामा नपाईने भएकाले समस्या भएको जवाफ आउने गरेको बताएका छन् ।

ट्राफिक ईन्चार्ज सञ्जिव चौधरीेले चालकहरुको लापरबाहीले गर्दा सवारी संचालन अवधिभर पोशाक लगाउने वातावरण नबनेको बताए । नियम उलङघन गर्ने चालकलाई ५ सय देखि १५ सय सम्म जरिवाना असुल्दै आएको ट्राफिक प्रहरीको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु