श्रीमतीलाई खुकुरी प्रहार गर्ने एक जना प्रहरी नियन्त्रणमा


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, कार्तिक २४

सोलुखुम्बुमा श्रीमतीलाई खुकुरी प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोताङ गाउँपालिकाकी ५ की ४० वर्षीय श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएको आरोपमा ४२ वर्षीय शिव नेपालीलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्किले जानकारी दिए । घट्नको कारण भने खुलेको छैन ।

शिवमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक उत्तम कार्किको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु