सोलुमा वाम उम्मेद्धार विजयी (मत परिणाम)

शिखर गजरकोटे
सोलुखुम्बु, २३ मंसिर

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सोलुखुम्बुमा वाम गठबन्धन उम्मेद्धार विजयी भएका छन् । प्रतिनिधि सभामा माओबादी केन्द्रका नेता हेम कुमार राई सुरवीर २० हजार ७४७ मतले विजयी हुनुभएको छ । उहाँ प्रतिद्धन्दी नेपाली कांग्रेसका बल बहादुर केसीले १७ हजार २९४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, प्रदेश सभा ‘क’ तर्फपनि वाम गठबन्धनका साझा उम्मेद्धार तथा नेकपा एमालेका नेता उत्तम कुमार बस्नेत विजयी हुनुभएको छ । उहाँले १० हजार ७८५ मत ल्याउदा उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रकाश सिं कार्कीले ८ हजार ९२२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, प्रदेश सभा ‘ख’ तर्फ वाम साझा उम्मेद्धार बुद्धि कुमार राजभण्डारी विजयी हुनुभएको छ । उहाँको पक्षमा १० हजार ३८७ मत आउदा नेपाली कांग्रेसका आङगेलु शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरि उपविजेता बन्नुभएको छ ।

प्रतिनिधि सभा तर्फ नयाँ शक्ति पाटी नेपालका सुनिल खड्काले ८२६ मत प्राप्त गर्नुभएको छ भने, संघीय समाजवादी फोरम नेपालका लाक्पा शेर्पाले ३८१, राजपा नेपालका रामकाजी राईले १२८, नेपाल मजदुर किसान पाटीका दोर्जी शेर्पाले ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै, मंगोल नेशनल अर्गनाईजेशनले ९४ मत पाएको छ ।

प्रदेश सभा ‘क’ तर्फ नयाँ शक्ति पाटी नेपालका दिपक खड्काले एक हजार १५६ मत प्राप्त गर्नुभएको भने, संघीय समाजवादी फोरम नेपालका चोलामाया बस्नेतेले एक सय, राजपा नेपालका श्रीध्वज तामाङले ७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा एमालेवाट असन्तुष्ट बनेर स्वतन्त्र उम्मेद्धारी दिएका लोचन कुमार शर्माले जम्मा २५४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा ‘ख’ तर्फ संघीय समाजवादी फोरम नेपालका गंगा बहादुर थापा मगरले २४५ मत प्राप्त गर्नुभएको छ भने नयाँ शक्ति पाटी नेपालका मुनिन्द्र बस्नेतले १२० र राजपा नेपालका प्रेम कुमारी राई (बस्नेत)ले ६० मत प्राप्त गर्नुभएको छ ।

विजयी उम्मेद्धारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण समेत प्रदान गरिसकेको छ भने अब समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना शुरु गर्ने तयारी गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु