सोलुमा वडाअध्यक्ष माथी हातपात

भानुभक्त निरौला,
सोलुखुम्बु, ४ असार

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका वडाअध्यक्ष भुपालसिंह राईमाथि हातपात भएको छ ।

सेवा प्रवाहको सन्दर्भमा साधारण छलफलको क्रममा लेखापढी ब्यवसायी निरकुमारी राईले आफु माथि सार्वजनिक स्थानमै हातपात गरेको अध्यक्ष राईले बताउनुभयो ।

सांकेतिक तस्विर

लोखिमकै एक सेवाग्राहीको मालपोत सम्बन्धि काममा लेखापढी ब्यवसायी राईले आफुसँगै अनावश्यक विबाद गरि सदरमुकाम सल्लेरीको आवाडाँडामा हातपात गरेको अध्यक्ष राईको भनाई छ । निर्वाचित वडा अध्यक्षलाइ हातपात गर्ने लेखापाढी ब्यवशायी राईलाइ नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सार्वजनिक स्थानमै हातपात हुनुले जनप्रतिनिधिको सुरक्षा चुनौति बढेको वडाध्यक्ष राईको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु