सोलुमा मानसीक रोगका बिरामीलाई औषधिलाई पाउनै मुस्किल

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर ६

सोलुखुम्बुका मानसिक रोगका बिरामीलार्ई औधषि पाउनै मुस्किल परेको छ । स्थानिय तहले मानशिक रोगको औषधि खरिद तथा अन्य निकायले माग नगर्दा मानसिक बिरामि समस्या परेका हुन् । स्वास्थ्य कार्यलय र स्थानिय तहमा रहेका स्वास्थ्य शाखाले मानसिक रोगीले सेवन गर्ने औषधि माग नै गरेका छैनन् ।

समस्या पहिचान नगरि चिकित्सकहरुले औषधि सेवनगर्न भनिएका रोगी हुदाहुदै औषधि खरिद तथा माग नगरेको बिरामिको गुनासो छ । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा ७०किसिमका औषधि निःशुल्क उपलब्ध गराउदै आएको छ ।

स्वास्थ्य संस्थाले माग गरे मानशिक रोगका बिरामिको अवस्था हेरेर निशुल्क उपलब्ध गराउने सरकारी निति रहेको छ । स्थानिय तहका स्वास्थ्य शाखा तथा जिल्ला स्वास्थ्य कार्यलयले हाल सम्मत थ्याङक संकलन गरेको छैन ।

थुलुङदुधकोसी गाउँपालिका स्वास्थय शाखा संयोजक उद्धव ढुङगानाले मानसिक रोगि आए उपलब्ध भएको औषधि दिएर पठाउने गरेपनि गाउँपालिका भित्र मानसिक रोगीको तथ्याङक संकलन नभएको जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु