सोलुमा मतपेटिका संकलन र सुरक्षा (फोटो फिचर)

शिखर गजरकोटे
सोलुखुम्बु, ११ मंसिर

सोलुखुम्बुमा आईतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका मतपेटिका धमाधम सल्लेरी ल्याईदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२५ मतदान केन्द्र मध्ये ९२ मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याई सकिएको छ ।

महाकुलुङ र लिखुपिके गाउँपालिका क्षेत्र सहित दुधकोशी गाउँपालिकाको केहि मतदान केन्द्रवाट मात्र मतपेटिका संकलन हुन बाँकी रहेको बताईएको छ । त्यसक्षेत्रवाट मतपेटिका संकलनका हेलिकप्टरको प्रयोग नगरिने भएको हो । उद्यपी, खुम्बुपासाङ ल्हमू गाउँपालिकाको १० वटा मतदान केन्द्रमा प्रयोग भएका मतपेटिकाहरु मतदान अधिकृतहरुको समन्वयमा हेलिकप्टर मार्फत आज विहान मात्र सल्लेरी ल्याईएको छ ।

जिल्लाका अन्य क्षेत्रवाट सडक नपुगेका स्थानमा बोकाएर र सडक पुगेका स्थानवाट ट्याक्टरको प्रयोग गरि मतपेटिका सदरमुकाम ल्याईएको हो । संकलित मतपेटिका जिल्ला समन्वय समितिको समिक्षा हलमा सुरक्षा व्यवस्था गरि राखिएको छ ।

तस्विर-शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु