सोलुमा भिरबाट लडेर एक जनाको ज्यान गयो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज २३

सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।सोेलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ का ५२ बर्षीय बुद्धि बहादुर तामाङको घर नजिकैको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मङगलबार घरबाट निस्किएका तामाङ बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको भिरमा मृत अवस्थामा  स्थानियले भेटेका थिए ।

स्थानियले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यलयबाट गएको प्रहरीको विशेष टोलीले आवश्यक प्रक्रिया पु¥याई सवलाई पोस्टमार्टमका लागि फाप्लु अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका कारण लडेर तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु