सोलुमा भिरबाट लडेर एक जनाको ज्यान गयो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज ३०

सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बुधबार दिउँसो माप्यदुधकोसी ७ फोर्चेमा रहेको जोजोकु भिरबाट लडेर ३९ वर्षिय छोकी शेर्पाको ज्यान गएको हो ।

हाकुलाबाट घर फर्किने क्रममा मादक पदार्थ सेवन गरेका कारण लडेर मृत्यु भएको संवाददाता एलिसा शेर्पाले जानकारी दिनुभयो । यसबारे केही जानकारी नआएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु