भालुको आक्रमणबाट सोलुमा एक गम्भिर घाईते

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, साउन २५

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भिर घाईते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालीका ३ लोदिङका ३५ बर्षीय माया शेर्पा घाइते भएका हुन् ।

शुक्रबार राती साढे आठ बजेको समयमा मकै हेरालुका रुपमा गोठमा रहेका शेर्पालाई भालुले आक्रमण गरेको हो ।

उनको अनुहार घाटी लगायतको भागमा गहिरो चोट लागेको स्रोतले बताएको छ ।

भालुले आक्रमण गरे पश्चात राति नै जिल्ला अस्पताल फाप्लु ल्याईएपनि उपचार सम्भव नभएपछि मिसन अस्पताल ओखलढुगां रेफर गरिएको नम्बर ३ का वडा अध्यक्ष गोपाल मगरले जानकारी दिनुभयो ।

वडाले उपचारका लागि आर्थिक सहयोग गर्ने अध्यक्ष मगरले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु