सोलुमा भएको भलिबल प्रतियोगीतामा खोटाङको टिम प्रथम

हिमाल एफ एम,
सोलुखुम्बु, २८ कात्तिक

सोलुखुम्बुको दुधकौशीका गाउँपालिका अन्तरगत जुबुमा भएको खुला पुरुष भलिबल प्रतियोगीतामा झाँक्रिबास तामाङ सेवा समाज खोटाङ प्रथम भएको छ ।

पानीडाँडा एकता समाजको आयोजनामा गत कात्तिक २५ गतेवाट शुरु प्रतियोगीतामा न्यू स्टार क्लबले देउसा द्धितिय, चिशङखुगडी गाउँपालिका ओखलढुंगाले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै, प्रतियोगीतामा जनसेवा मावि लोखिमले सान्त्वना स्थान प्राप्त गरेको छ । ११ टिमको प्रतिस्प्रर्धावाट शिर्ष स्थान हासिल टिमलाई ५० हजार, ३० हजार, २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खेल हिमालय मावि जुबुको मैदानमा भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु