सोलुमा बाक्लियो राहादानी लिनेको संख्या

शिखर गजरकोटे,
सोलुखुम्बु, कार्तिक ७
पछिल्लो दुई महिना सोलुखुम्बुबाट राहदानी लिनेको संख्या बाक्लिएको छ । गत भदौ र असोज महिनाको तथ्यांकलाई हेर्दा राहदानी बनाउन फारम भर्ने र द्रुत सिफारिस लिनेको संख्या बढि देखिएको हो । भदौमा ५७ जनाले राहदानी फारम भरेका छन् भने १२९ जनाले राहदानीका लागि द्रुत सिफारिस लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, असोजमा पनि द्रुत सिफारिस लिनेको संख्या बढि देखिएको छ । १३८ जनाले राहदानीका लागि द्रुत सिफारिस लिएका छन् भने ७० जनाले राहदानी फारम भरेका छन् ।

अघिल्ला महिनामा राहदानीको फारम भर्नेको संख्या बढि हुने र अहिले द्रुत सिफारिस लिनेको संख्या अघि रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिईन् । उनका अनुसार डिभि भर्नका लागि राहदानी अनिवार्य गर्नुले पनि द्रुत सिफारिस लिनेको संख्या बढेको हो । कात्तिक महिनाको ६ दिनमा ६७ जनाले राहदानीको प्रक्रिया अघि बढाएका छन् । त्यसमध्ये ३५ जनाले द्रुत सिफारिस लिएका छन् भने अन्यले राहदानी फारम भरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!