सोलुमा प्रहरीद्धारा प्रगति सार्वजनिक गर्न पत्रकार सम्मेलन

शिखर गजरकोटे
सोलुखुम्बु, ८ असोज

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले मासिक पत्रकार सम्मेलनको शुरुवात गरेको छ । जिल्लामा शान्तिसुरक्षाको जिम्मा सम्हालेको एक महिनाकै अवधिमा प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले मासिक प्रगति नागरिक समक्ष पुर्याउनका लागि हरेक महिना पत्रकार सम्मेलनको शुरु गरिएको बताउनुभयो । पत्रकार र प्रहरी प्रशासन बीचको सम्बन्धमा प्रगाढता आउने र प्रहरी समक्ष पुग्ने विषय पनि सार्वजनिक रुपमा उजागर हुने भएकाले नयाँ कामको शुरुवात गरिएको कार्यालयले जनाएको छ ।

आईतबार पत्रकार सम्मेलनमा प्रहरी कार्यालयले भाद्र १४ गते देखि जिल्लामा घटेका घटना र प्रगतिका बारेमा जानकारी दिएको छ । विभिन्न प्रकृतिका ९ वटा घटना प्रहरी समक्ष आएको प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले जानकारी दिनुभयो । हातहतियार खर–खजना, जबरजस्तीकरणी, चोरी, सार्वजनिक अपराध, भवितव्य र आत्महत्याका घटना प्रहरी समक्ष पुगेको छ ।

हातहतियार खर–खजना अन्तरगत प्रहरी फन्दामा परेका सोलुदुधकुण्ड नगरपालिकाका पासाङ तामाङ नगद ३० हजार धरौटी रकमममा छुटेका छन् । तामाङ अवैध भरुवा बन्दुक तथा छर्रा गोली बनाउने सामाग्री लुकाईछिपाई राखेको मुद्धामा पक्राउ परेका थिए । त्यस्तै, दुधकौशीका गाउँपािलका ९ का वीरकाजी तामाङ जवरजस्तीकरणीमा पक्राउ परेका थिए । उनले स्थानीय सुस्त मनस्थितीकी एक महिलालाई जबरजस्तीकरणी गरेका थिए । तामाङलाई थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राखिएको छ ।

यस्तै, दुधकोशी गाउँपालिकाका पुर्ण सिं राईलाई खुकुरी प्रहार गरेको मुद्धामा भोजपुरका आङफुर्वा शेर्पालाई २५ हजार जरिवाना गरिएपनि तिर्न नसक्दा शेर्पा थुनामै रहेका छन् भने, मादक सेवनको सुरमा टाउकोमा दोउराले प्रहार गरेको मुद्धामा पक्राउ परेका सोताङ गाउँपालिका तेन्जी शेर्पा २५ हजार धरौटीमा छुटेका छन् । त्यस्तै, करिब एक महिनाको अवधिमा चोरी,भवितव्य ज्यान, आत्महत्या र तोडफोड र जवरजस्तीकरणीको मुद्धामा आरोपित व्यवहरुलाई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु