सोलुमा प्रक्रिया नपु¥याई सडक विस्तार

भुपेन्द्र पौडेल,
सोलुखुम्वु, ३० असार

मुलुकको संरचना बदलिएर स्थानिय तह, प्रदेश र केन्द्र सरकार निर्माण भएपनि कानुनका रखवालाहरुले विधि मिचेर काम गर्ने गरेका छन् ।

स्थानिय सरकारले कतिपय गतिविधिमा सम्वन्धित कार्यालयसंग समन्वय नगर्ने गरेको पाइएको छ । पछिल्लो समय स्थानिय तहका अधिकांश ग्रामिण भेगमा सडक विस्तारको नाममा वातावरण प्रभाव मुल्याङकन EIA र IEE नगरीकन सडक विस्तार हुनु यसको उपज हो ।

जिल्ला वन कार्यालय सोलुखुम्वुका अनुसार सडक, हाईटेन्सनलाईन, पहाडी राजमार्ग लगायतका निर्माण कार्य शुरु गर्नु अगावै सम्वन्धित जिल्लाको वन कार्यालय संग अनुमति लिनुपर्ने प्रावधान छ । तर जिल्लामा पछिल्लो एक वर्षमा निर्माण भएका अधिकांश स्थानिय तहले विस्तार गरेका सडकको वातावरण प्रभाव मुल्याङकनको अनुमति लिएका छैन्न् ।

जिल्ला वन अधिकृत डा. इन्द्र प्रसाद सापकोटाले EIA र IEE सन्दर्भमा अधिकांशले प्रक्रिया नपु¥याएको वताउन्ुभयो । कानुनले वातावरण प्रभाव मुल्याङकन नगरि वनाईएका संरचना र खनिएका सडकलाई अवैधानिक मान्ने गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु